काठमाण्डौँ , कात्तिक ६ :

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

जस अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ९५ पैसा रहेको छ ।

स्विस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ८४ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १ पैसा र बिक्रीदर ९० रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७८ पैसा छ ।

सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय २ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर  ८  रुपैयाँ ९८ पैसा र बिक्रीदर नौ रुपैयाँ २ पैसा कायम छ ।८

चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा रहेको छ भने साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा छ ।

आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको राष्ट्र बैङ्कले जनाएको छ ।