चितवन, असोज ७ :

कविडाँडा साहित्य समाज, चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार’ निलम कार्की निहारीकाको राजमाता कृतिलाई प्रदान गर्ने भएको छ । बुधबार चितवनमा पत्रकार सम्मेलन गर्दै समाजले उक्त पुरस्कारको घोषणा गरेको हो । 

पुरस्कारको लागि पहिलो चरणमा १६ वटा कृतिहरू छनौटमा परेको र दोश्रो चरणमा ८ तथा तेस्रो चरणमा ३ वटा कृति छनौटमा परेको थियो । तीन कृति मध्ये राजमाता कृतिलाई कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८३ प्रदान गर्ने निर्णय भएको कवीडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्रीले बताए । २०७५ साल बाट सुरू भएको यो पुरस्कार आख्यान कृति तर्फको सर्वाधिक राशि २ लाख १ सय ६० रूपैयाको रहेको अध्यक्ष क्षेत्रीले बताए ।

यो पुरस्कार कार्तिक १४ गते वितरण हुने उनले बताए । छनौटमा परेका सबै कृतिहरू बेजोड रहेको र छनौटमा परेका कृति मध्ये धेरै व्यक्तिको राय सल्लाह अनुसार नै राजमाता छनौटमा पर्न सफल भएको क्षेत्रीले जानकारी दिए । उक्त पुरस्कार मिना लामिछाने ट्रष्टले स्थापना गरेको हो ।