
सुनसरी, असोज ९ :
पानीको बहाब बढेसँगै कोशी ब्यारेजमा ‘रेड अलर्ट’जारी गर्दै ३१ ढोका खोलिएको छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरीप्रसाद अर्यालले नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको बताउँदै आत्तिनुपर्ने अवस्था नरहे पनि अलर्ट हुनुपर्ने बताए ।
कोशी पुल भएर चल्ने सवारी साधन भने रोकिएको छैन ।बाढीको मापन बढ्यो भने आवश्यकताअनुसार निर्णय भने हुन्छ,’ सीडीओ अर्यालले भने । अघिल्लो वर्ष कोशीमा ५ लाख क्युसेक माथि बाढी मापन भएको थियो । मौसम विज्ञान विभागले सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।