बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन#लामो दूरी#सवारीसाधनमा दुई चालक#विद्यादेवी भण्डारी#लामाबगर#पहिरो#मन्त्रिपरिषद्को निर्णय#चोलेन्द्रशम्शेर पक्राउ प्रकरण#रेस्क्यू#बागमती प्रदेश सरकार#भोटेकोशी#पुनर्निर्माणमा होडबाजी #केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन#लामो दूरी#सवारीसाधनमा दुई चालक#विद्यादेवी भण्डारी#लामाबगर#पहिरो#मन्त्रिपरिषद्को निर्णय#चोलेन्द्रशम्शेर पक्राउ प्रकरण#रेस्क्यू#बागमती प्रदेश सरकार#भोटेकोशी#पुनर्निर्माणमा होडबाजी
समाचार

ललितपुरको धापाखेलमा जमिन भासिदा एक घर खोलामा खस्यो, मानवीय क्षति भएन

सक्रिय न्युज · १ दिन अगाडि प्रकाशित
ललितपुरको धापाखेलमा जमिन भासिदा एक घर खोलामा खस्यो, मानवीय क्षति भएन
ललितपुर, असोज १२ :

ललितपुर महानगरपालिका धापाखेलमा लगातारको अविरल वर्षाका कारण जमिन भासिँदा साढे दुई तले पक्की घर खोलामा खसेको छ ।

घर भासिदा कुनै मानवीय क्षति भने भएको छैन् ।

स्थानीय सोबी कुमार थापाको साढे दुई तले पक्की घर पहिरोका कारण जोखिममा परेको थियो । असोज ११ गते दिउँसो बजे घरको भुइँतलासँगै जोडिएको  भान्सा कोठा करिब २० मिटर तल खसेको थियो ।

भान्सा भत्किए लगत्तै मुख्य घरसमेत जोखिममा परेपछि प्रहरी प्रभाग धापाखेलबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) को कमाण्डमा ४ जनाको टोली तत्काल घटनास्थल पुगेर घरमा रहेका परिवारका ३ जना सदस्यलाई तत्कालै सुरक्षित स्थानमा रहेको आफन्तको घरमा स्थानान्तरण गरिएको थियो ।

आज बिहान सो घर पूर्ण रूपमा भासिएर तल रहेको खोलामा खसेको छ । घर खोलामा खसेपछि खोलाको पानी थुनिन पुगेको प्रहरीले जनाएको छ ।

हाल प्रहरी टोली घटनास्थलमा खटिएर थुनिएको खोलाको निकास खुलाउन प्रयास जारी राखेको छ ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार