बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

कांग्रेस १५औँ महाधिवेशन : पूर्वनिर्धारित मितिभन्दा दुई दिनपछि सर्‍यो, १८ गते दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ दिन अगाडि प्रकाशित
कांग्रेस १५औँ महाधिवेशन : पूर्वनिर्धारित मितिभन्दा दुई दिनपछि सर्‍यो, १८ गते दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन
सानेपा, असोज १३ :

 नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते काठमाडौंमा हुने भएको छ। देशका विभिन्न स्थानमा हालै परेको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै महाधिवेशन पूर्वनिर्धारित मितिभन्दा दुई दिन पछि सारिएको हो।

नेपाली कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार महाधिवेशनको उद्घाटन असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ।

महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका तथा नगरपालिका, प्रदेश सभा र क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका छन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया पनि अधिकांश स्थानमा सम्पन्न भइसकेको जनाइएको छ।

यद्यपि, भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अझै जारी रहेको कांग्रेसले जनाएको छ।

यसअघि नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना गर्ने तय गरिएको थियो। पछिल्लो परिस्थितिका कारण उद्घाटनसहित महाधिवेशनको कार्यतालिका दुई दिन पछि सारिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार