मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सोविता गौतम#महावीर पुन#पूर्वप्रधानमन्त्री झलनाथ खनाल#विपद्का घटना#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति #सोविता गौतम#महावीर पुन#पूर्वप्रधानमन्त्री झलनाथ खनाल#विपद्का घटना#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति
अर्थतन्त्र सेयर बजार

नेप्से परिसूचक नौ अङ्कले घट्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ असोज, २०८३ मा प्रकाशित
नेप्से परिसूचक नौ अङ्कले घट्यो
काठमाडौं, असोज १३ :

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ६२ अङ्कले घटेर दुई हजार ६०३ दशमलव ७१ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य एक अङ्कले घटेर ४६६ दशमलव ६५ मा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव ६१ अङ्कले घटेर १७९ दशमलव ४६ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ४३ अङ्कले घटेर १५७ दशमलव ४४ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर रु  चार अर्ब ६५ करोड ४८ लाख ७८ हजार ४५ मूल्यमा खरिद बिक्री भएको छ । आज निर्जीवन बिमा र अन्य उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकी ११ उपसमूहको मूल्य घटेको हो ।

आज ६९ कम्पनीको सेयर बढेको छ भने १९९ कम्पनीको सेयर घटेको र १० कम्पनीको सेयर मूल्य स्थिर छ । नेप्सेका अनुसार आईसिएफसी फाइनान्स डिबेञ्चर, सयपत्री हाइड्रोपावर, नेपाल एसबिआई डिबेञ्चरलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, आरबिबी म्युचुअल फण्ड, मेगा म्युचुअल फण्डलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार