बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन#लामो दूरी#सवारीसाधनमा दुई चालक#विद्यादेवी भण्डारी#लामाबगर#पहिरो#मन्त्रिपरिषद्को निर्णय#चोलेन्द्रशम्शेर पक्राउ प्रकरण#रेस्क्यू#बागमती प्रदेश सरकार#भोटेकोशी#पुनर्निर्माणमा होडबाजी #केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन#लामो दूरी#सवारीसाधनमा दुई चालक#विद्यादेवी भण्डारी#लामाबगर#पहिरो#मन्त्रिपरिषद्को निर्णय#चोलेन्द्रशम्शेर पक्राउ प्रकरण#रेस्क्यू#बागमती प्रदेश सरकार#भोटेकोशी#पुनर्निर्माणमा होडबाजी
राजनीति भिडियो

कांग्रेस फुटेको छैन, असन्तुष्ट पक्षलाई मिलाउने प्रयास भइरहेको छ : राणा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १५ घण्टा अगाडि प्रकाशित
कांग्रेस फुटेको छैन, असन्तुष्ट पक्षलाई मिलाउने प्रयास भइरहेको छ : राणा
काठमाडौं, असोज १३ :

नेपाली कांग्रेस संस्थापन पक्षका नेता उदयशमशेर राणाले पार्टी नफुटेको दाबी गर्दै असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको बताएका छन्। मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा राणाले पार्टीको आन्तरिक विवादका कारण केही नेता छुट्टिएर गतिविधि गरे पनि त्यसलाई पार्टी विभाजनका रूपमा बुझ्न नमिल्ने बताए।

‘अहिले पार्टी फुटेको छैन। निर्वाचन आयोगले पनि अहिलेसम्मको विशेष महाधिवेशनको नेतृत्वलाई आधिकारिकता दिएको छ। यो विषय अदालतमा विचाराधीन भए पनि अदालतले हाम्रो प्रक्रियालाई अघि बढाउँदै तोकिएको समयमा अधिवेशन गर्न भनेको छ,’ उनले भने।

असन्तुष्ट पक्षका माग सम्बोधन गरिसकिएको उल्लेख गर्दै उनले अधिवेशन सुरु भइसके पनि उनीहरूलाई केन्द्रीय महाधिवेशनमा सहभागी हुने बाटो खुला रहेको बताए।राणाले केही नेता १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी नभए पनि उनीहरूलाई पार्टीको मूलधारबाट अलग हुन नदिने बताए।

‘कतिपय नेता साथीहरू  १५औँ महाधिवेशनमा सहभागी हुन आउनुभएन। तर उहाँहरू छुट्नुहुन्न भन्ने मलाई लाग्छ,’ राणाले भने, ‘हामीले उहाँहरूको माग पूरा गरिसकेका छौँ र अधिवेशन सुरु भइसके पनि उहाँहरू आएर सिधै केन्द्रीय महाधिवेशनमा भाग लिन सक्ने ढोका खुला राखेका छौँ।’

उनले पार्टीका सभापति शेरबहादुर देउवालाई सबैको नेता भएको उल्लेख गर्दै पार्टीका कार्यक्रमहरूमा सहभागी हुने अवसरसमेत खुला रहेको बताए। 
राणाले पार्टीभित्र देखिएको असन्तुष्टिलाई संवाद र सहमतिमार्फत समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार