बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सोह्र श्राद्धको महत्त्व#संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल#त्रिपुरेश्वर घटना#भोटेकोशी बाढी#पोषण#भोटेकोशी-त्रिशूली बाढी#प्रकाशचन्द्र परियार #सोह्र श्राद्धको महत्त्व#संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल#त्रिपुरेश्वर घटना#भोटेकोशी बाढी#पोषण#भोटेकोशी-त्रिशूली बाढी#प्रकाशचन्द्र परियार
राजनीति

संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली चयन

तोकिएको समयसीमाभित्रै काम सम्पन्न गर्छौं
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली चयन
काठमाडौं, असोज १४ :

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले शपथग्रहण गरेका छन् । 
बुधबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालसमक्ष सभापति पराजुलीले शपथ लिएका हुन् । हिमालमा जलवायु परिवर्तनको असर तथा भोटेकोशी–त्रिशूली विपद्को अध्ययन गरी प्रभावित नागरिकको पुनस्र्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्न समिति गठन गरिएको थियो ।

शपथपछि  सभापति पराजुलीले विपद् पूर्वतयारीका लागि पहिले भएका कामकारवाहीको समीक्षा गर्दै उद्धार, राहत तथा पुनस्र्थापनालाई प्रभावकारी बनाउने र विकासका पूर्वाधारहरूलाई जलवायु परिवर्तनसँग जुध्न सक्ने एवं सुरक्षित बनाउने विषयमा समितिले विस्तृत अध्ययन गर्ने जानकारी दिए । उनले विपद् जोखिम न्यूनीकरण गर्न सकिने गरी एक सशक्त प्रतिवेदन तयार पारी जनतालाई न्यायको अनुभूति गराउने प्रतिबद्धता जनाए ।

दसैँ-तिहारको बिदा र अधिवेशनको अन्तरालका कारण समयको चाप रहे पनि तथा समेट्नुपर्ने विषयहरू निकै बृहत् भएकाले तोकिएको समयसीमाभित्रै काम सम्पन्न गर्न अधिकतम प्रयास गरिने उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार