बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राइनो क्रुजसिप#पूर्णरुपमा क्षतिग्रस्त#सिंहदरबार वैद्यखाना#सीमा अपराध नियन्त्रण#सशस्त्र आईजीपी नारायणदत्त पौडेल#हिम्लुङ हिमपहिरो#विशेष अदालत#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन #राइनो क्रुजसिप#पूर्णरुपमा क्षतिग्रस्त#सिंहदरबार वैद्यखाना#सीमा अपराध नियन्त्रण#सशस्त्र आईजीपी नारायणदत्त पौडेल#हिम्लुङ हिमपहिरो#विशेष अदालत#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन
प्रदेश गण्डकी प्रदेश

हिम्लुङ हिमपहिरो : थप आठ जनाको शव भेटियो, एकजना बेपत्ता

हिमालको आधार शिविरमा यही असोज ११ गते बिहान हिमपहिरो गएको थियो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
हिम्लुङ हिमपहिरो : थप आठ जनाको शव भेटियो, एकजना बेपत्ता
प्रतीकात्मक तस्बिर ।
मनाङ, असोज १५ :

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये आज थप आठ जनाको शव भेटिएको छ ।

यही असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको सङ्ख्या १५ पुगेको छ । आज बिहान चार जनाको शव भेटिएकामा आजै दिउँसो थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसअघि सात जनाको शव भेटिएको थियो । हिम्लुङ हिमपहिरोमा परेर अझै एक जना हराइरहेका छन् । “दुई जनाको शव सदरमुकाम चामे ल्याइएको छ, छ शव फूगाउँसम्म ल्याइएको छ”, सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने, “रात परिसकेकाले हेलिकप्टर उडान हुन सक्दैन । शुक्रबार अरु शव ल्याउँछौँ ।” 

नेपाली सेनाको हेलिकप्टरमार्फत आज ती शव ल्याइएको हो । हिमालको आधार शिविरमा यही असोज ११ गते बिहान हिमपहिरो गएको थियो । उक्त क्षेत्रमा नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए)ले खोज तथा उद्धारका लागि ११ सदस्यीय उद्धार दक्ष टोली खटाएको छ ।  

यसैगरी नेपाली सेनाको टोलीले स्थानीय तथा अन्य सुरक्षा निकायसँगको समन्वयमा चामे गाउँपालिका–४ स्थित ठाडो खोलामा पहिरोका कारण थुनिएको मस्र्याङ्दी नदीको बहाव खुलाउने तथा अवरुद्ध विद्युत् प्रसारण लाइन सुचारु गर्ने कार्य पनि गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार