सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद क्रिकेट

ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि टोली घोषणा

हेमन्त धामी बाहिरिए, नन्दन यादवको कमब्याक
सक्रिय न्युज · शुक्रबार, १६ असोज, २०८३ मा प्रकाशित
ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि टोली घोषणा
काठमाडौं, असोज १६ :

नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक शृङ्खलाका लागि १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिएको छ ।  घोषित टिममा अधिकांश पुरानै अनुहार रहेका छन् ।

हालै एसीसी प्रिमियर कप जितेको टोलीमा दुई परिवर्तन गरिएको छ । हेमन्त धामी बाहिरिका छन् भने नन्दन यादवले कमब्याक गरेका छन् । यादव चोटका कारण एसीसी प्रिमियर कपमा सहभागी थिएनन् । यस्तै टिममा स्पिनर साहब आलमलाई पनि स्थान दिइएको छ ।

अनुभवि खेलाडीहरु सोमपाल कामी, आरिफ शेख र भिम सार्कीले यसपाली पनि टिममा स्थान बनाउन सकेनन् ।

लिग २ अन्तरगत नेपालका लागि निर्णायक हुन सक्ने सिरिज ७ अक्टोबरबाट ओमानमा सुरु हुँदैछ । यो सिरिजमा नेपाल,ओमान र क्यानाडाबीच त्रिकोणात्मक भिडन्छ हुनेछ ।

टोलीमा पूर्वकप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, करण केसी लगायतका अनुभवी खेलाडीहरू रहनुका साथै अर्जुन कुमाल, नन्दन यादव, शेर मल्लजस्ता खेलाडीहरूलाई पनि समेटिएको छ।

घोषित १५ सदस्यीय नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान),आसिफ सेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल,अर्जुन कुमाल,सन्दीप जोरा, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम, शेर मल्ल रहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार