मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर#विपद् जोखिम न्यूनीकरण#पाँचौँ राष्ट्रिय सम्मेलन#प्रस्तावित नेपाली राजदूत#सरु जोशी#जीवनबहादुर शाही#सहमहामन्त्रीमा निर्वाचित#पद्माकुमारी अर्याल#खगेन्द्र सुनार#केपी शर्मा ओली#निशा मेहता#स्वास्थ्यमन्त्री#धरान #भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर#विपद् जोखिम न्यूनीकरण#पाँचौँ राष्ट्रिय सम्मेलन#प्रस्तावित नेपाली राजदूत#सरु जोशी#जीवनबहादुर शाही#सहमहामन्त्रीमा निर्वाचित#पद्माकुमारी अर्याल#खगेन्द्र सुनार#केपी शर्मा ओली#निशा मेहता#स्वास्थ्यमन्त्री#धरान
राजनीति

कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाहीको उम्मेदवारी घोषणा

पिछडिएका क्षेत्रको आवाज बुलन्द गर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १६ असोज, २०८३ मा प्रकाशित
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाहीको उम्मेदवारी घोषणा
काठमाडौं, असोज १६ :

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। शाहीले पार्टीलाई समावेशी, सुदृढ र गतिशील बनाउने उद्देश्यले आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन्। पिछडिएको क्षेत्रका आवाजलाई पार्टीभित्र थप प्रभावकारी रूपमा उठाउने उनले बताए ।

उनले आफ्नो राजनीतिक यात्रा, संगठनप्रतिको निरन्तर योगदान, अनुभव र कार्यक्षमताको मूल्याङ्कन गर्दै आफूलाई सहमहामन्त्री पदमा मत दिएर विजयी गराउने विश्वास व्यक्त गरेका छन् । उनी २०७८ सालमा भएको १४ औं महाधिवेशनमा पनि सहमहामन्त्री पदमा उठेका थिए। तर, त्यसबेला बद्री पाण्डेसँग उनी पराजित भएका थिए। नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा हुँदैछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार