
काठमाण्डौँ , कात्तिक ७ :
सभामुख देवराज घिमिरेले आज राजनीतिक दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूसँग छलफल गर्नुहुने भएको छ ।
संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूसँग छलफल गर्न लाग्नुभएको हो।
बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको छ ।
छलफल बिहान ११ः ३० बजे सभामुखको कार्यालयमा सुरु हुने जनाइएको छ ।