आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

कांग्रेस १५ औं महाधिवेशन : पञ्चेबाजा र झाँकीसहित नेता-कार्यकर्ता खुलामञ्च प्रवेश गर्दै [लाइभ]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
कांग्रेस १५ औं महाधिवेशन : पञ्चेबाजा र झाँकीसहित नेता-कार्यकर्ता खुलामञ्च प्रवेश गर्दै [लाइभ]
काठमाडौं, असोज १८ :

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह केहीबेरमा सुरु हुँदैछ । महाधिवेशन प्रतिनिधिहरू पञ्चेबाजा र झाँकीसँगै  खुलामञ्च प्रवेश गरिरहेका छन्।

विभिन्न जिल्लाबाट आएका प्रतिनिधिले आ–आफ्नो क्षेत्र र पहिचान झल्काउने झाँकीसमेत प्रदर्शन गरेका छन्। खुलामञ्च आसपासको क्षेत्रमा कांग्रेसका नेता–कार्यकर्ता तथा समर्थकको चहलपहल बढेको छ।

महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे खुलामञ्चमा हुँदैछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी राजनीतिक, सांगठनिक तथा आर्थिक नीति र कार्यक्रमसमेत तय गर्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार