सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा#झलनाथ खनाल#नेकपाबाट बाहिरिए#महामन्त्री विपिन आचार्य#प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा #जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा#झलनाथ खनाल#नेकपाबाट बाहिरिए#महामन्त्री विपिन आचार्य#प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा
राजनीति

बन्दसत्रमा पेस भएका चारै प्रतिवेदन आजै पारित गर्ने तयारी, भोलिदेखि उम्मेदवारी दर्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
बन्दसत्रमा पेस भएका चारै प्रतिवेदन आजै पारित गर्ने तयारी, भोलिदेखि उम्मेदवारी दर्ता
काठमाडौं, असोज १९ :

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा पेस भएका चारवटै प्रतिवेदन आजै पारित गर्ने तयारी गरिएको छ। 

महाधिवेशनको दोस्रो दिन आयोजित बन्दसत्रमा सभापति गगन थापाले राजनीतिक, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक, महामन्त्री गुरुराज घिमिरेले सांगठनिक र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेका हुन्।

पेस भएका चारवटै प्रतिवेदनमाथि तीनवटा हलमा छलफल भइरहेको छ। कांग्रेसले बन्दसत्रका लागि हिमाल, पहाड र तराई नामका तीनवटा हलमा प्रतिनिधिहरूलाई विभाजन गरेको छ। प्रतिवेदनमाथिको छलफल सम्पन्न गरी आजै चारवटै प्रतिवेदन पारित गर्ने तयारी रहेको कांग्रेसले जनाएको छ। 

यसैबीच, महाधिवेशनमा नेतृत्व चयनका लागि मंगलबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। निर्वाचन कार्यतालिकाअनुसार मंगलबार बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ।उम्मेदवारी दर्तासँगै महाधिवेशनको निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार