नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भइरहेको छ । काठमाडौंको सभागृहमा उम्मेदवारी दर्ता भइरहेको निर्वाचन समितिले जनाएको छ । उम्मेदवाहरूको मनोनयन पत्र दर्ता समय आज साँझ ६ बजेसम्मका लागि थप गरिएको छ । यसअघि मनोनयन पत्र दर्ता समय दिउँसो ४ बजेसम्मका लागि तोकिएको थियो ।
उम्मेदवारी दर्ता गर्न इच्छुक उम्मेदवारले आफूले उम्मेदवारी दिन चाहेको पदअनुसारको उम्मेदवारी फारम पूर्ण रूपमा भर्नुपर्ने र तोकिएका महाधिवेशन प्रतिनिधिमध्येबाट प्रस्तावक र समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ । महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ ।
उम्मेदवारी दिनेले सभागृहभित्रै प्रभु बैंकका कर्मचारीलाई निर्धारित गरिएको रकम बुझाएर रसिद लिइ उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ । त्यस्तै महाधिवशेनले पारित गरेको संशोधित बिधानमा पदाधिकारी संख्या १४ बाट बढाएर २६ पु¥याइएको छ ।
नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ । उपसभापति संख्या चार पुगेको छ । महामन्त्रीको संख्या तीन पु¥याइएको छ । एक महिला महामन्त्री अनिवार्य गरिएको छ । दुई खुला सहमहामन्त्री थपिएका छन् ।
यसअघि १४औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो । पदाधिकारी संख्या १४ थियो । यसपटक प्रतिनिधि संख्या र समावेशी सहभागिता बढेसँगै केन्द्रीय कार्यसमितिको आकार र पदाधिकारी संख्या पनि बढाइएको कांग्रेसले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, भोलिसम्ममा डिस्चार्ज गर्ने तयारी
सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनबाट राहत सामग्री
राष्ट्रपतिद्वारा शीतल निवासमा नवकन्याको पूजाअर्चना, गोडा धोएर टीका लगाइदिएर उपहार प्रदान