मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक #पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक
विदेश

८२ वर्षीय हालजेनलाई यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार

नोबेल पुरस्कारको रकम करिब १२ लाख अमेरिकी डलर बराबर रहेको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५ घण्टा अगाडि प्रकाशित
८२ वर्षीय हालजेनलाई यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार
स्टकहोम, असोज २० :

बेल्जियममा जन्मिएका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको खोज तथा आइसक्यूब न्युट्रिनो वेधशालामा पुर्‍याएको योगदानका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन् ।

रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले मङ्गलबार स्टकहोममा पुरस्कार घोषणा गरेको हो । ८२ वर्षीय हालजेन अमेरिकाको विस्कन्सिन–म्याडिसन विश्वविद्यालयसँग आबद्ध छन् ।

उच्च–ऊर्जा न्युट्रिनो ब्रह्माण्डका अत्यन्त ऊर्जाशील स्रोतबाट आउने सूक्ष्म कण हुन् । उनको अनुसन्धान तथा आइसक्यूब न्युट्रिनो वेधशालामा पुर्‍याउनुभएको योगदानले यस्ता कणको खगोलीय मूल पहिचान र अध्ययनमा महत्त्वपूर्ण आधार तयार गरेको छ ।

यस वर्षको नोबेल पुरस्कारको रकम एक करोड २० लाख स्विडिस क्रोनर रहेको छ । यो रकम करिब १२ लाख अमेरिकी डलर बराबर हो । पुरस्कार एक जना व्यक्ति, केही पुरस्कार विजेताको समूह वा कुनै संस्थालाई प्रदान गर्न सकिने व्यवस्था छ ।

गत वर्ष तीन जना वैज्ञानिकले परमाणुभन्दा साना कणमा देखिने ‘क्वान्टम टनेलिङ’ नामक असामान्य घटनासम्बन्धी अनुसन्धानका लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए । उनीहरूको अनुसन्धानले एमआरआई उपकरणबाट अत्यन्त संवेदनशील मापन गर्न सकिने प्रविधिको विकासमा सहयोग पुर्‍याउनुका साथै अझ प्रभावकारी मोबाइल फोन र तीव्र गतिको कम्प्युटर विकासका लागि आधार तयार गरेको थियो ।

यस वर्षको नोबेल पुरस्कार घोषणा सोमबार चिकित्साशास्त्रतर्फको पुरस्कारबाट सुरु भएको हो । सो पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिएको छ । उनीहरूको अनुसन्धानले मस्तिष्कले कसरी काम गर्छ भन्ने अध्ययनका लागि प्रकाशको प्रयोग गर्ने उपकरण विकास गर्न योगदान पुर्‍याएको छ ।

नोबेल पुरस्कारअन्तर्गत बिहीबार रसायनशास्त्र र साहित्यतर्फका पुरस्कार घोषणा गरिनेछ । शुक्रबार शान्तितर्फको पुरस्कार प्रदान गरिनेछ भने आगामी सोमबार आर्थिक विज्ञानतर्फको नोबेल स्मृति पुरस्कार घोषणा गरिने कार्यक्रम रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार