नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा प्रतिवेदन पारित भएको छ ।बुधबार खुल्लामञ्चमा आयोजित बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव पारित भएको हो ।
साथै बन्दसत्रले गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित भएको छ । बन्द सत्रबाट राजनीतिक, संगठनात्मक र आर्थिक प्रतिवेदन पारित भएसंगै कांग्रेस महाधिवेशन नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढेको छ ।
कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि यसअघि नै उम्मेदवारी दर्ता भइसकेको छ । नेतृत्व चयनका लागि बिहीबार निर्वाचन हुँदैछ ।
यसैबीच, नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार भोलि बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने छन्।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतदानका लागि काठमाडौँका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ। प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरू, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
चाडपर्व विशेष सुरक्षा : सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य
बेपत्ता भएको ४५ दिनमै मृत घोषणा गर्न सकिने, कानुनी अवरोध हटाउन अध्यादेश ल्याउने निर्णय
महाधिवेशन प्रतिनिधिलाई सभापति थापाले भने- यो पटक म तपाईँहरुलाई विश्राम गर्न दिनेवाला छैन