बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक #चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक
समाचार

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

सक्रिय न्युज · २ घण्टा अगाडि प्रकाशित
भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई
काठमाडौं, असोज २१ :

सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री वालेन्द्र शाहले बधाई ज्ञापन गरेका छन्।

गुजरातको मुख्यमन्त्रीदेखि सुरु भएको आफ्नो सार्वजनिक जीवनको २५औँ वर्षको वर्षगाँठ प्रधानमन्त्री मोदीले मनाइरहेका छन्। प्रधानमन्त्री मोदी सन् २००१ को अक्टोबरमा पहिलो पटक गुजरातको मुख्यमन्त्री बनेका थिए ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत बधाई दिँदै लेखेका छन्, “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई २५ वर्षको समर्पित सार्वजनिक सेवाका लागि हार्दिक बधाई तथा शुभकामना छ । नेपाल आगामी दिनमा पनि यहाँ र यहाँको सरकारलाई निरन्तर सफलता र समृद्धिको शुभकामना व्यक्त गर्दछ ।”

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि एक्समार्फत नै प्रधानमन्त्री मोदीलाई शुभकामना व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, “प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई २५ वर्षको समर्पित सार्वजनिक सेवाको उल्लेखनीय यात्राका लागि हार्दिक बधाई तथा शुभकामना । यहाँको दूरदर्शी नेतृत्वमा भारतले गरेको रूपान्तरण र तीव्र प्रगति वास्तवमै प्रेरणादायी रहेको छ ।”

सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट दुवै राष्ट्रको साझेदारीलाई अझ सुदृढ र समृद्ध बनाउनका लागि सहकार्य गर्न उत्सुक रहेको पनि सो शुभकामना सन्देशमा बताएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार