बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

सुरक्षा सूचना चुहाएको आरोप खेपेका सशस्त्रका निलम्बित एआईजी दाहाललाई कारबाहीको सिफारिस

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ४ दिन अगाडि प्रकाशित
सुरक्षा सूचना चुहाएको आरोप खेपेका सशस्त्रका निलम्बित एआईजी दाहाललाई कारबाहीको सिफारिस
काठमाडौं, असोज २३ :

सशस्त्र प्रहरी बलका निलम्बित एआईजी वंशीराज दाहाललाई कारबाहीको सिफारिस भएको छ। गोप्य सुरक्षा सूचना चुहाएको आरोप खेपिरहेका दाहाललाई सेवाबाट बर्खास्त गर्नेसम्मको कारबाही सिफारिस भएको छ। अर्का एआईजी अञ्जनीकुमार पोखरेलले बिहीबार गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा कारबाहीको सिफारिस भएको हो ।

उनलाई निलम्बन गरेर छानबिन सुरु गरिएको थियो।  प्रतिवेदनमा एआईजी दाहालले आचरण विपरीतको कार्य गरेको निष्कर्षसहित सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार कारबाही गर्न सिफारिस गरिएको छ।

नियमावलीको दफा ११० मा सामान्य र विशेष सजायसम्बन्धी व्यवस्था छ । निलम्बित एआईजी दाहालसँग पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको सम्बन्ध , विचौलिया इनम सापकोटासँग नियमित रुपको सम्पर्कबारे सोधिएको थियो । जवाफमा दाहालले आचरणविपरीतको कुनै कार्य आफूले नगरेको दाबी गरेका छन्। उनी यही असोज २७ गतेबाट नियमित अवकाशमा जाँदै थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार