शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
समाचार प्रदेश बागमती प्रदेश

कागेश्वरी मनोहराका प्रमुख प्रशासकीय अधिकृत साहद्वारा विकास आयोजनाको अनुगमन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५ घण्टा अगाडि प्रकाशित
कागेश्वरी मनोहराका  प्रमुख प्रशासकीय अधिकृत साहद्वारा विकास आयोजनाको अनुगमन
काठमाडौं, असोज २३ :

कागेश्वरी मनोहरा नगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहले नगरपालिकाका विभिन्न वडामा सञ्चालित विकास निर्माणका योजनाहरूको स्थलगत अनुगमन गरेका छन्।

साहको नेतृत्वको टोलीले आज विभिन्न वडामा सञ्चालित विकास आयोजनाहरूको अनुगमन गरेको हो। अनुगमनका क्रममा टोलीले आयोजनाहरूको वर्तमान भौतिक प्रगति, सञ्चालन प्रक्रिया तथा कार्यान्वयनको अवस्थाबारे जानकारी लिनुका साथै सम्बन्धित पक्षसँग छलफल गरेको थियो।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत साहले विकास निर्माणका कामलाई पारदर्शी, गुणस्तरीय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। उनले निर्धारित समयसीमाभित्रै आयोजना सम्पन्न गर्न सम्बन्धित सरोकारवालालाई आवश्यक नीतिगत तथा कार्यगत निर्देशनसमेत दिएका थिए।

नगरपालिकामा विकास निर्माणका योजनाहरूको प्रभावकारी कार्यान्वयन, अनुगमन तथा गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले स्थलगत निरीक्षण गरिएको नगरपालिकाले जनाएको छ। साह केही दिनअघि मात्रै नगरपालिकामा सरुवा भएर आएका हुन् । 

यसअघिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी राष्ट्रिय सूचना आयोगमा सरुवा भएपछि उनको स्थानमा साहलाई ल्याइएको हो ।स्थलगत अनुगमनसँगै विकास निर्माणका योजनाहरूप्रति उनको चासो र सक्रियता देखिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार