आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
समाचार

गलौदीमा सडक भासिएर अवरुद्ध पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
गलौदीमा सडक भासिएर अवरुद्ध पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन
फाइल तस्वीर ।
धादिङ, असोज २५ :

सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गमा अपराह्नदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको छ। नेपाल प्रहरीका अनुसार दिउँसो ३ बजे देखि सडक दुईतर्फी सञ्चालनमा आएको हो। 

धादिङको गजुरी गाउँपालिका- ५ गलौदीमा भासिएको ठाउँभन्दा माथि कटान गरेर सडक सञ्चालनमा ल्याइएको हो। शुक्रबार साँझ सडकको करिब सय मिटर भाग चर्किनुका साथै २० मिटर खण्ड भासिएको थियो। नदीले तलबाट कटान गर्दा सडक भासिएको थियो ।

सडक भासिएका कारण राजमार्गमा सवारी साधन सञ्चालन रोकिएको थियो। आवागमन बन्द गरिदाँ विशेषगरी दशैँमा घर हिँडेका यात्रुहरु अलपत्र परेका थिए।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार