नेपाली कांग्रसको १५ औँ महाधिवेशनको मतगणना जारी रहेको छ । असोज २० गते बाट पार्टी कार्यालय सानेपामा सुरु भएको मत गणना अहिले पनि जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
अहिले पदाधिकारीहरुको मतगणना जारी रहेकाले सोमबार सम्म सम्पन्न गर्ने गरी गणनाको कार्य जारी रहेको बताइएको छ । जारी मतगणनामा उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता कायम गरेका छन् ।
यस्तै, समावेशी उपसभापतिमा विनोद चौधरीले अग्रता लिँदा जीवन परियारले पछ्याइरहेका छन् । २ सिटका लागि भएको खुला महामन्त्रीमा प्रदीप पौडेललाई उदयशमशेर राणाले पछयाइरहेका छन्। यस्तै महिला महामन्त्रीमा डा. डिला संग्रौलालाई महालक्ष्मी उपाध्याय (डिना) ले पछ्याइरहेकी छन् । १५ औँ महाधिवेशनले सभापतिमा गगनकुमार थापालाई निर्वाचित गरिसकेको छ ।
पदाधिकारहिरुको मत गणनापछि केन्द्रीय सदस्यहरुको गणना सुरु गरिने बताइएको छ । मत गणनामा ढिलाइ भएको भन्ने गुनासाहरु आएका कारण मतदान अधिकृतहरुको संख्या बढाएर छिटो भन्दा छिटो नतिजा दिने तयारीमा रहेको निर्वाचन समितिले जनाएको छ ।