सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
समाचार

आज प्रस्तावित चार जना राजदूतहरूको संसदीय सुनुवाइ हुदै

सक्रिय न्युज · १ घण्टा अगाडि प्रकाशित
आज प्रस्तावित चार जना राजदूतहरूको संसदीय सुनुवाइ हुदै
काठमाडौं, असोज २६ :

सङ्घीय संसदको संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित चार जना राजदूतहरूको संसदीय सुनुवाइ गर्ने भएको छ ।

बैठक बिहान ९:१५ बजे सार्वजनिक लेखा समितिको सभाहलमा हुनेछ । आज बस्ने बैठकमा प्रस्तावित राजदूतहरू विरुद्ध प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्ताहरूलाई समितिमा आमन्त्रण गरी छलफल गरिनेछ।

समितिले असोज २३ गते सूचना प्रकाशित गरेर समितिको १७औँ बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ तथा उनीहरू विरुद्ध परेका उजुरीमाथि आज असोज २६ गते छलफल गर्ने सूची तय गरेको थियो ।

सरकारले भारतका लागि डा.निश्चल नाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि चिरन जङ्ग थापा, बेलायतका लागि गौरव शमशेर जबरालाई राजदूतमा प्रस्तावित गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार