मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर#विपद् जोखिम न्यूनीकरण#पाँचौँ राष्ट्रिय सम्मेलन#प्रस्तावित नेपाली राजदूत#सरु जोशी#जीवनबहादुर शाही#सहमहामन्त्रीमा निर्वाचित#पद्माकुमारी अर्याल#खगेन्द्र सुनार#केपी शर्मा ओली#निशा मेहता#स्वास्थ्यमन्त्री#धरान #भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर#विपद् जोखिम न्यूनीकरण#पाँचौँ राष्ट्रिय सम्मेलन#प्रस्तावित नेपाली राजदूत#सरु जोशी#जीवनबहादुर शाही#सहमहामन्त्रीमा निर्वाचित#पद्माकुमारी अर्याल#खगेन्द्र सुनार#केपी शर्मा ओली#निशा मेहता#स्वास्थ्यमन्त्री#धरान
राजनीति प्रदेश कर्णाली प्रदेश

कांग्रेस सहमहामन्त्रीमा कर्णालीका पूर्वमुख्यमन्त्री शाही निर्वाचित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ घण्टा अगाडि प्रकाशित
कांग्रेस सहमहामन्त्रीमा कर्णालीका पूर्वमुख्यमन्त्री शाही निर्वाचित
ललितपुर, असोज २७ :

कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित भएका छन् । शाहीले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

शाहीले ३ हजार ९०६ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७६ मत पाए। केन्द्रीय निर्वाचन समितिले औपचारिक रुपमा अन्तिम परिणाम घोषणा गरिसकेको छैन ।

उनी १४औं महाधिवेशनमा पनि पूर्वसभापति शेरबहादुर देउवाको समूहबाट पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्रीको उम्मेदवार बनेका थिए । नेता शाही गत असोज २ मा देउवा समूह छाडेर संस्थापनमा फर्किएका हुन् । त्यसो त महाधिवेशन सुरु हुन केही दिनअघि मात्रै देउवा पक्षका नेताको रुपमा परिचित मिनेन्द्र रिजाल, मीन विश्वकर्मा, रामहरि खतिवडा लगायतका नेताहरु संस्थापन पक्षमा फर्किएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार