जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक माध्यमबाट दुइदेशबीचको आर्थिक सम्बन्ध विस्तार गर्न आफूले प्रयास गर्ने बताएकी छन् ।
मंगलबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत जोशीले भौगोलिक अवस्थितिका कारण जर्मनी विश्वको तेस्रो अर्थतन्त्र र युरोपेली युनियनको एक प्रभावशाली शक्ति भए पनि नेपाल र जर्मनीबीचको व्यापार ठूलो परिमाणमा नरहेको उल्लेख गर्दै कूटनीतिक माध्यमबाट दुईदेशबीचको आर्थिक सम्बन्ध विस्तार गर्न आफूले प्रयास गर्ने बताइन्।
जर्मनीमा निर्यात बढाउनका लागि नयाँ माध्यम खोल्नु पर्ने र यसमा सुरुदेखि नै ध्यान दिने योजना रहेको उनले बताइन् ।उनले पर्यटन क्षेत्रलाई बढावा दिन र विविधीकरण गर्न वेलनेस पर्यटन, ग्रिन पर्यटन र साहसिक पर्यटन जस्ता विषयहरूमा ध्यान दिनुपर्ने धारणा राखिन् । यसका लागि जर्मनीको टुर अपरेटर र नेपालको पर्यटन बोर्डबीच सहकार्य गरेर रणनीति बनाउनुपर्नेमा उनले जोड दिइन् ।
त्यस्तै जोशीले जर्मनीका संचारकर्मी, इन्फ्लुएन्सर, ब्लगर तथा सगरमाथा चढेका व्यक्तिहरूलाई बोलाएर डिजिटल प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन सकिने योजना रहेको बताइन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ : मन्त्री गौतम
सार्वजनिक अडिओ प्रकरणबारे खगेन्द्र सुनुवार भन्छ्न- एआईमार्फत बनाइयो