मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति भिडियो

अडिओ प्रकरणमा दोषी देखिए सुनारमाथि कारबाही हुन्छ : कवीन्द्र बुर्लाकोटी

छानबिन प्रक्रिया टुङ्गोमा नपुग्दासम्म निलम्बित
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
अडिओ प्रकरणमा दोषी देखिए सुनारमाथि कारबाही हुन्छ : कवीन्द्र बुर्लाकोटी
काठमाडौं, असोज २७ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले अडियो प्रकरणमा दोषी देखिए सांसद खगेन्द्र सुनारमाथि कारबाही हुने स्पष्ट पारेका छन् ।

मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै बुर्लाकोटीले सुनारको अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगले छानबिन सुरु गरिसकेको जानकारी दिँदै दोषी देखिए कारबाही हुने स्पष्ट पारेका हुन् । उनले छानबिन प्रक्रिया टुङ्गोमा नपुग्दासम्म सुनारलाई पदीय हैसियतमा कुनै पनि औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन दिइएको बताए ।

केही प्रमाणहरूसहित बाहिर देखिएकाले अडिओ सही वा नक्कली  के हो भन्नेबारे विस्तृत छानबिन गर्न आयोगलाई जिम्मा दिइएको उनले बताए । उनले अडियो प्रकरणमा राज्यका कानुनहरू आकर्षित भए राज्यका सरकारी निकायहरूले गर्ने अनुसन्धानमा पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

उनले अनुशासन आयोगले दोषी नदेखेमा वा गल्ती नभएको पाइएमा केही नहुने तर गल्ती देखिएमा पार्टी नियमानुसार कारबाही हुने उल्लेख गरे ।

सम्बन्धित समाचार 

रास्वपाले सांसद खगेन्द्र सुनारमाथि छानबिन सुरु गर्यो

सार्वजनिक अडिओ प्रकरणबारे खगेन्द्र सुनुवार भन्छ्न- एआईमार्फत बनाइयो
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार