सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

सक्रिय न्युज · ५ दिन अगाडि प्रकाशित
प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात
काठमाडौं, असोज २८ :

रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रू १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ पुगेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा मैज्दात रु १३ अर्ब २३ करोड ११ लाख ५३ हजार ८९७ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेको खातामा दुई करोड ९७ लाख ४७ हजार ५३२ अमेरिकी डलर पुगेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार