बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार

यस वर्षको मनसुन १२ दिन ढिलो गरी नेपालबाट बाहिरियो

मौसमबारे सतर्क रहन आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ४ घण्टा अगाडि प्रकाशित
यस वर्षको मनसुन १२ दिन ढिलो गरी नेपालबाट बाहिरियो
काठमाडौं, असोज २८ :

यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार बुलेटिन जारी गर्दै मनसुन पूर्ण रूपमा बाहिरिएको जनाएको हो।

महाशाखाका अनुसार यस वर्ष मनसुन बहिर्गमनको सुरुवात गत असोज १७ गते सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका अधिकांश स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट भएको थियो। त्यसपछि क्रमशः देशका अन्य भूभागबाट पनि मनसुन बाहिरिएको हो।

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए पनि यस वर्ष भने १२ दिन ढिलो गरी मनसुन बाहिरिएको महाशाखाले जनाएको छ।

मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव कायमै रहन सक्ने भएकाले मौसममा परिवर्तन आउन सक्ने महाशाखाले जनाएको छ। त्यसैले सर्वसाधारण तथा सम्बन्धित सबै निकायलाई पछिल्लो मौसमी सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार