बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति भिडियो

प्रस्तावित राजदूत सुनार भन्छन्- फोनमा भनाभन भएको हो, महिला हिंसा गरेको छैन

उनलाई आरोप लगाउने महिलासँग १३ वर्षअघि प्रेम सम्बन्ध थियो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ३ घण्टा अगाडि प्रकाशित
प्रस्तावित राजदूत सुनार भन्छन्- फोनमा भनाभन भएको हो, महिला हिंसा गरेको छैन
काठमाडौं, असोज २८ :

साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारले १३ वर्षअघि फोनमा भनाभन भएको विषयलाई अहिले महिला हिंसाको आरोपका रूपमा उठाइएको दाबी गरेका छन्।

बुधबार संसदीय सुनुवाइ समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रस्तावित राजदूत सुनारले आफूले महिला हिंसाविरूद्ध जनचेतना फैलाउने तालिम दिँदै आएको भन्दै आफूमाथि लागेको महिला हिंसासम्बन्धी आरोप अस्वीकार गरेका छन्।

रास्वपा सांसद मधुकुमार चौलागाईंले प्रस्तावित राजदूत सुनारमाथि महिलासम्बन्धी घरेलु हिंसा र फौजदारी अभियोगका विषयमा प्रश्न उठाएका थिए।

आफूमाथि आरोप लगाउने महिलासँग १३ वर्षअघि प्रेम सम्बन्ध रहेको र सम्बन्धका क्रममा केही लेनदेनको विषयमा विवाद भएको थियो र फोनमा भनाभन भएको स्वीकार गरे ।

आफूविरूद्ध प्रहरी कार्यालयमा कुनै पनि जाहेरी दर्ता नभएको बताउँदै उनले फोनमा भएको भनाभनलाई महिला हिंसाको संज्ञा दिइन्छ भने त्यसमा आफ्नो आपत्ति नरहेको  बताए। उनले पैसा लेनदेनमा अनियमितता गरेको प्रमाण भए पेस गर्न चुनौती दिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार