बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण#मतगणना कार्य सकिँदै#कांग्रेस महाधिवेशन#छानबिन समिति#खगेन्द्र सुनार#रानीपोखरी#शव फेला#मेघबहादुर थापा#न्यायाधीश रणबहादुर बम#हत्याका दोषी#हलगोरु#कृषकलाई प्रोत्साहन#मातृशिशुमैत्री सेवा अभियान#एडिबी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले #केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण#मतगणना कार्य सकिँदै#कांग्रेस महाधिवेशन#छानबिन समिति#खगेन्द्र सुनार#रानीपोखरी#शव फेला#मेघबहादुर थापा#न्यायाधीश रणबहादुर बम#हत्याका दोषी#हलगोरु#कृषकलाई प्रोत्साहन#मातृशिशुमैत्री सेवा अभियान#एडिबी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले
राजनीति भिडियो

कांग्रेस महाधिवेशन : राति १० बजेसम्ममा सबै मतगणना कार्य सकिने

प्रमुख पदाधिकारीको मतपरिणाम सार्वजनिक भईसक्यो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
कांग्रेस महाधिवेशन : राति १० बजेसम्ममा सबै मतगणना कार्य सकिने
काठमाडौं, असोज २९ :

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पार्टी कार्यालय सानेपामा जारी मतगणनाको काम आजै राति सकिनेगरी काम भइरहेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले विभिन्न समूह बनाई मत गणना भइरहेको अवस्थामा आवश्यक परे गणनास्थल थप गरी आज राति १० बजेसम्ममा सबै परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । 

परिणाम सार्वजनिक हुनेक्रममा कांग्रेस दलिततर्फको सहमहामन्त्री पदमा चार हजार ८०३ मत प्राप्त गरी प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार सो पदका प्रतिस्पर्धी मानबहादुर नेपालीले एक हजार १२० मत र नरेन्द्र पासवानले ७७२ मत प्राप्त गरे ।

यसैगरी, दलित महिलातर्फको पाँच सदस्य पदमा शान्ति परियार (विक)ले दुई हजार ९६४ र सीता मिजारले तीन हजार ४३३, रुपा विकले दुई हजार ६४९, कमला नेपालीले दुई हजार ५५३ र छायाँ सुनुवारले दुई हजार ११२ मत प्राप्त गरी विजयी भइन् ।

दलित मधेसीतर्फ धर्मेन्द्र पासवान तीन हजार १०५ मत प्राप्त गरी निर्वाचित भए । उक्त समूहमा चन्द्रेश्वर शर्मा बजबलेले ६५१, मुनेश्वर साफीले ६०६, मानवीर रजक साफीले ३११ र राजकुमार पासवानले एक हजार २३३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

अहिले मधेस प्रदेश भूगोलतर्फको केन्द्रीय सदस्य, मधेस प्रदेश केन्द्रीय सदस्य महिला, खुला, ३५ वर्षमुनिका युवा महिला तथा पुरुष र खुलातर्फका उम्मेदवारको मतगणना भइरहेको निर्वाचन समितिका सदस्य–सचिव कटुवालले जानकारी दिए ।

कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न असोज २३ गते भएको मतदानबाट सभापति, उपसभापति, महामन्त्रीसहितक प्रमुख पदाधिकारीको मतपरिणाम सार्वजनिक भइसकेको छ भने सहमहामन्त्री खसआर्य र केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना चरणबद्ध रूपमा भई परिणाम सार्वजनिक भइरहेको छ ।

जारी मतगणनाअन्तर्गत खुलातर्फको ४५ केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन समितिका सदस्यसचिव कटुवालले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार