बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण#मतगणना कार्य सकिँदै#कांग्रेस महाधिवेशन #हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण#मतगणना कार्य सकिँदै#कांग्रेस महाधिवेशन
समाचार प्रदेश बागमती प्रदेश

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण
रसुवा, असोज २९ :

गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग अवरुद्ध भएपछि सङ्कटमा परेका रसुवाको लाङटाङ क्षेत्रका सबै घरधुरीका लागि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरी वितरण गरिएको छ ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-४ मा पर्ने प्रमुख पर्यटकीय तथा दुर्गम हिमाली बस्ती लाङटाङका हरेक परिवारलाई खाद्यान्न सङ्कट हुन नदिन पालिका र सरोकार भएका निकायको सक्रियतामा राहत पुर्‍याइएको हो । बाढीले स्थानीयवासीको मुख्य व्यापारिक केन्द्र स्याफ्रु बजारमा पूर्ण क्षति पुर्‍याउनुका साथै सडक र पुलसमेत बगाएपछि ढुवानीको एकमात्र विकल्प हेलिकप्टर बनेको थियो ।

गोसाइँकुण्ड गाउँपालिका-४ का वडाध्यक्ष डिन्ढुप तामाङका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को हेलिकप्टरमार्फत हालसम्म १० टन खाद्यान्न लाङटाङ पुर्‍याएर स्थानीय सबै घरधुरीलाई आवश्यकता अनुसार न्यायोचित रूपमा वितरण गरिसकिएको छ ।

सदरमुकाम धुन्चेबाट दुई दिनको पैदल दूरीमा रहेको यस क्षेत्रका सबै बासिन्दाले गाउँमै खाद्यान्न पाएपछि ढुक्क भएका छन् । सडक सञ्जाल पुनः सञ्चालन नहुँदासम्मका लागि यो ढुवानीले लाङटाङका सम्पूर्ण परिवारको दैनिक जीविकोपार्जनमा ठूलो राहत मिलेको वडा कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार