शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
समाचार प्रदेश मधेस प्रदेश

हाइटेन्सन पोलको टुप्पोमा बसेकी किशोरीको उद्धारको प्रयास हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ दिन अगाडि प्रकाशित
हाइटेन्सन पोलको टुप्पोमा बसेकी किशोरीको उद्धारको प्रयास हुँदै
सर्लाही, असोज २९ :

सर्लाहीमा हाइटेन्सन पोलको टुप्पोमा चढेकी एक किशोरीको प्रहरीले उद्धारको प्रयास गरिरहेको छ। कविलासी नगरपालिका २ घर भएकी किशोरी बिहीबार दिउँसो साढे ४ बजेतिरै हाइटेन्सन पोलको टुप्पोमा पुगेर बसिरहेकी छन्। 

विजुलीको पोलको टुप्पोमा गएर बसिरहेकी उनको विद्युत् प्रवाह बन्द गरेर उद्धारको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए।

तलबाट अभिभावक र सुरक्षाकर्मीले बोलाउँदा पनि ती किशोरी तल झर्न मानेकी छैनन् । उनको मानसिक अवस्था ठिक नभएको बुझिएको छ ।स्थानीयले किशोरी बिजुलीको पोलमा चड्दै गरेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। प्रहरी त्यहाँ पुग्दै गर्दा उनी झन्डै टुप्पोमा पुगिसकेकी थिइन् ।

यसअघि पनि यस्तै प्रकृतिको घटना भइसकेको छ । यसर्थ पटकपटक घटना दोहोरिन नदिन तत्काल सुरक्षा सजकता अपनाउनु पर्ने देखिन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार