शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#फूलपाती#गृहमन्त्री सुधन गुरुङ#एकहत्तरौँ प्रहरी दिवस#कांग्रेसको १५औँ महाधिवेशन#मतगणना सकियो#सुनचाँदी#नेपाल सुनचाँदी व्यवसायी#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने #फूलपाती#गृहमन्त्री सुधन गुरुङ#एकहत्तरौँ प्रहरी दिवस#कांग्रेसको १५औँ महाधिवेशन#मतगणना सकियो#सुनचाँदी#नेपाल सुनचाँदी व्यवसायी#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने
राजनीति

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकियो

नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण र शपथग्रहण दसैंपछि
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकियो
ललितपुर, असोज ३० :

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज बिहान सकिएको छ। मधेश र बागमती प्रदेशको अन्तिम मतपरिणाम आएसँगै २३ असोज रातिदेखि सुरु भएको मतगणना सम्पन्न भएको हो।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार यसपटक सात हजार ३९२ मतदाताको करिब एक लाख ६२ हजार मतपत्र एक सातामै गणना गरिएको हो।१४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो।

कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए। मतदान तथा मतगणना शान्तिपूर्ण रूपमा सम्पन्न भएको समितिले जनाएको छ।नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण दशैँलगत्तै गर्ने तयारी छ। त्यसपछि बस्ने पहिलो बैठकमा स्थानीय तह निर्वाचनको खाकासमेत तयार गर्ने बताइएको छ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार