शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रहरी महानिरीक्षक दानबहादुर कार्की#बालबालिकाको उद्धार#विद्युत् व्यापार#निजी क्षेत्र#भूमिहीन#लालपुर्जा#घरेलु फुटबल#नेपाली फुटबल#वासना थापा#कांग्रेस प्रमुख सचेतक#मन्त्रिपरिषद्‍को निर्णय#सभापति गगनकुमार थापा#डा. श्रवण कुमार साह#कागेश्वरी मनोहरा नगरपालिका#प्रमुख प्रशासकीय अधिकृत#फूलपाती #प्रहरी महानिरीक्षक दानबहादुर कार्की#बालबालिकाको उद्धार#विद्युत् व्यापार#निजी क्षेत्र#भूमिहीन#लालपुर्जा#घरेलु फुटबल#नेपाली फुटबल#वासना थापा#कांग्रेस प्रमुख सचेतक#मन्त्रिपरिषद्‍को निर्णय#सभापति गगनकुमार थापा#डा. श्रवण कुमार साह#कागेश्वरी मनोहरा नगरपालिका#प्रमुख प्रशासकीय अधिकृत#फूलपाती
राजनीति

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति,सदनमार्फत अघि बढाउन आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति,सदनमार्फत अघि बढाउन आग्रह
काठमाडौं, असोज ३० :

नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउदै सदनमार्फत अघि बढाउन आग्रह गरेको छ ।

शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै कांग्रेस ससदीय दलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशप्रति आपत्ति जनाएको हो ।

कांग्रेस प्रमुख सचेतक वासना थापाले आकस्मिक परिस्थितिमा अध्यादेश जारी गर्नु संवैधानिक कुरा भए पनि, संसद् बन्द भएको छोटो समयमै अध्यादेश आउनुको औचित्यमाथि प्रश्न उठाइन् । उनले संसदको अधिकार क्षेत्रभित्र पर्ने विषयहरूमा संसद् छलेर अध्यादेशमार्फत कानुन ल्याउनुको सट्टा सदनमै दफावार छलफल गरेर अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरिन् ।

उनले भूमि सम्बन्धी अध्यादेशमा यसअघि पनि कांग्रेसले विरोध गरेको र अहिले पनि सोही अध्यादेश ल्याउँदा पार्टीको विमति कायमै रहेको बताइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार