शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
समाचार प्रदेश मधेस प्रदेश

सर्लाहीमा कार दुर्घटना हुँदा चालकको मृ*त्यु, दुई घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
सर्लाहीमा कार दुर्घटना हुँदा चालकको मृ*त्यु, दुई घाइते
सर्लाही, असोज ३० :

हुलाकी राजमार्गअन्तर्गत पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरमा भारतीय नम्बरको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् ।

बिआर०६बिएक्स ०४३५ नम्बरको कार दुर्घटना हुँदा महोत्तरीको गौशला नगरपालिका–५, जिरोमाइल बस्ने २४ वर्षका कार चालक विकल साहको मृत्यु भएको हो ।

दुर्घटनापश्चात गम्भीर घाइते भएका साहलाई तत्काल प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएको थियो । अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए । घटनामा सोही कारमा सवार अन्य दुई युवक घाइते भएका छन् ।

घाइते महोत्तरीको गौशला नगरपालिका–४ का २३ वर्षीय शम्भुनाथ कुमार साह र अन्दाजी २२–२३ वर्षका शुभमकुमार शर्मा घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार