शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

नवनिर्वाचित कांग्रेसका सभापति थापाले लिए पद तथा गोपनीयताको शपथ

सभापति थापालाई वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले दुबोको माला लगाइदिएका हुन् ।
सक्रिय न्युज · २ घण्टा अगाडि प्रकाशित
नवनिर्वाचित कांग्रेसका सभापति थापाले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं, असोज ३१ :

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रम बीच उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।  शपथ ग्रहण समारोहमा सभापति थापालाई वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले दुबोको माला लगाइदिएका छन् । 

समारोहमा अन्य नेताहरु पनि सहभागी थिए ।अन्य नेताहरूले पनि उनलाई बधाइ एवं धन्यवाद ज्ञापन गरे ।

उनले आजै पार्टी कार्यालयमा पदबहाली पनि गरेका छन् । कांग्रेसको १५औँ महाधिवेशनको मतगणना  शुक्रबार दिउँसो सम्पन्न भएको थियो ।

थापा आफ्ना प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै सभापति निर्वाचित भएका हुन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। 

सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्कीलाई पराजित गर्दै थापाले ६ हजार ५८४ मत प्राप्त गरेका हुन् । उनले कुल मतको ९४.६ प्रतिशत मत प्राप्त गर्दा खड्कीले ३७५ मत अर्थात् ५.४ प्रतिशत मत पाएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार