आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सडक डिभाइडर#कागेश्वरी मनोहरा#प्रहरी वृत्त बौद्ध#आनी छोइङ डोल्मा#लुम्बिनी विकास कोष#उपाध्यक्षमा नियुक्त#गण्डकी प्रदेश प्रहरी कार्यालय#तालिमप्राप्त कुकुर#‘अल्फा’ र ‘डेल्टा’#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन #सडक डिभाइडर#कागेश्वरी मनोहरा#प्रहरी वृत्त बौद्ध#आनी छोइङ डोल्मा#लुम्बिनी विकास कोष#उपाध्यक्षमा नियुक्त#गण्डकी प्रदेश प्रहरी कार्यालय#तालिमप्राप्त कुकुर#‘अल्फा’ र ‘डेल्टा’#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन
प्रदेश सुदूरपश्चिम प्रदेश

गड्डाचौकीमा सशस्त्र प्रहरीको ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’

आपराधिक घटना न्यूनीकरणमा सहज हुने अपेक्षा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ घण्टा अगाडि प्रकाशित
गड्डाचौकीमा सशस्त्र प्रहरीको ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
कञ्चनपुर, कात्तिक १ :

सशस्त्र प्रहरी बलले कञ्चनपुरको गड्डाचौकी नाकामा शनिबार बिहानदेखि तालिमप्राप्त कुकुर ‘लेब्राडोर अल्फा’ र जर्मन ‘सेफर्ड’बाट जाँचका सुरु गरेको छ ।

चाडपर्वका बेला मात्र नभई सशस्त्र प्रहरी बल नेपालले गड्डाचौकीमा रहेको सीमा सुरक्षा गुल्ममा ‘केनाइन शाखा’ नै स्थापना गरी नियमित  जाँच सुरु गरेको हो ।

सशस्त्र प्रहरी बल श्री नं ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले सशस्त्र प्रहरीले पाँच केनाइन शाखा गड्डाचौकीमा स्थापना गरेको जानकारी दिए ।

“मुलुककाचार वटा मुख्य नाकामा यसअघि नै केनाइन शाखा स्थापना गरेर सशस्त्र प्रहरी बलले तालिमप्राप्त कुकुरबाट सीमा क्षेत्रकोसुरक्षा पहरामा खटाएको थियो ।” सिग्देलले भने, “अब पाँचाँै शाखाका रुपमा गड्डाचौकीमा केनाइन युनिट रहन्छ ।”

उनेले सुदूरपश्चिममा सशस्त्र प्रहरी बलले गड्डाचौकीमा पहिलो पटक तालिमप्राप्त कुकुर चेकजाँचमा खटाएको जानकारी दिए । “सशस्त्र प्रहरी बलको सुदूरपश्चिममा यो पहिलो शाखा पनि हो,” उनले भने, “यसले नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणमा सहज हुने अपेक्षा गरिएको छ ।”

सीमा सुरक्षा गुल्ममा सशस्त्र प्रहरी सहायक निरीक्षक जगदीश भट्टको कमान्डमा पाँच जनाको तालिमप्राप्त दक्ष जनशक्ति तथा तालिमप्राप्त दुई वटा लेब्राडोर अल्फा नाम गरेको फिमेल डग र जर्मन सेफर्ड जातको डेल्टा नाम गरेको मेल डगसहित केनाइन शाखा स्थापना गरेर कार्य प्रारम्भ गरिएको छ ।

“जर्मन सेफर्डले सीमामा हातहतियार र विष्फोटक पदार्थ चेकजाँच गर्ने र लेब्राडोर अल्फाले लागूपदार्थ जाँच गर्नेछ,” सशस्त्र प्रहरी उपरीक्षक सिग्देलले भन्नुभयो, “सशस्त्र प्रहरी बलले कञ्चनपुरमा सीमा क्षेत्रमा व्यापक सुरक्षा सतर्कता बढाएको छ ।”

शुक्रबार बिहान उद्घाटन गरिएको चेकजाँचको अनुगमनमा कञ्चनपुर जिल्ला प्रमुख अधिकारी मदन कोइराला, सशस्त्र प्रहरी बल नं ३५ शैलेश्वरी गणका गणपति प्रेमप्रकाश सिग्देल र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणि गिरीलगायत उपस्थित हुनुहुन्थ्यो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार