आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाली कांग्रेस#चियापान कार्यक्रम नगर्ने#मोटरसाइकल दुर्घटना#करदाता प्रोत्साहन उपहार#सन्तमाया तामाङ#नवरात्रको आठौँ दिन#शक्तिपीठ#सडक डिभाइडर#कागेश्वरी मनोहरा#प्रहरी वृत्त बौद्ध#आनी छोइङ डोल्मा#लुम्बिनी विकास कोष#उपाध्यक्षमा नियुक्त#गण्डकी प्रदेश प्रहरी कार्यालय#तालिमप्राप्त कुकुर#‘अल्फा’ र ‘डेल्टा’#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित #नेपाली कांग्रेस#चियापान कार्यक्रम नगर्ने#मोटरसाइकल दुर्घटना#करदाता प्रोत्साहन उपहार#सन्तमाया तामाङ#नवरात्रको आठौँ दिन#शक्तिपीठ#सडक डिभाइडर#कागेश्वरी मनोहरा#प्रहरी वृत्त बौद्ध#आनी छोइङ डोल्मा#लुम्बिनी विकास कोष#उपाध्यक्षमा नियुक्त#गण्डकी प्रदेश प्रहरी कार्यालय#तालिमप्राप्त कुकुर#‘अल्फा’ र ‘डेल्टा’#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित
प्रदेश कोसी प्रदेश

गाडीको ठक्करबाट शिक्षकको मृत्युपछि कटारीमा प्रदर्शन

राजमार्ग अवरुद्ध हुँदा दसैंमा घर हिँडेका यात्रुहरु समस्यामा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
गाडीको ठक्करबाट शिक्षकको मृत्युपछि कटारीमा प्रदर्शन
उदयपुर, कात्तिक १ :

उदयपुरमा हायस गाडीको ठक्करबाट गएराति स्थानीय शिक्षक सुमन श्रेष्ठको मृत्यु भएपछि दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले आइतबार  प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीले कटारीको बुद्धचोकमा बिहानैदेखि सडक अवरुद्ध गरेका हुन्। सडक अवरुद्ध हुँदा दसैं मनाउन काठमाडौँबाट पूर्वतर्फ जाने यात्रुहरू समस्यामा परेका छन्।

शनिबार राति करिब ११ बजे पूर्वबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६८४४ नम्बरको हायस गाडीले कटारी नगरपालिका–५ भोर्लेमा को १ प ९६६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक श्रेष्ठ घाइते भएका थिए।

कटारी प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

स्थानीयवासीले मृतक शिक्षकको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दुर्घटनामा संलग्न हायस चालकलाई कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार