सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

दसैँमा सर्वसाधारणको आवतजावतका लागि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

निःशुल्क बस सेवा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
दसैँमा सर्वसाधारणको आवतजावतका लागि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
फाइल तस्बिर ।
काठमाडौं, कात्तिक २ :

दसैँलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल, नेपालले उपत्यकामा आजदेखि तीन दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गरेको छ।

दसैँका बेला सार्वजनिक यातायातका साधन न्यून सङ्ख्यामा सञ्चालन हुने भएकाले सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले दुईवटा बस निःशुल्क रूपमा सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरीका अनुसार निःशुल्क बस सेवा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ। हलचोकस्थित सशस्त्र प्रहरी बलको कार्यालयबाट छुट्ने पहिलो बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानका यात्रुलाई सेवा प्रदान गर्नेछ।

त्यसैगरी, सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयबाट छुट्ने दोस्रो बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै विभिन्न स्थानमा आवतजावत गर्ने यात्रुलाई निःशुल्क सेवा उपलब्ध गराउनेछ।

दसैँका बेला सार्वजनिक यातायातमा हुने अभावका कारण यात्रुले भोग्नुपर्ने असुविधालाई कम गर्न सशस्त्र प्रहरीले यस्तो व्यवस्था गरेको हो। सर्वसाधारणलाई चाडपर्वका समयमा सहज र सुरक्षित यात्रा सुविधा उपलब्ध गराउने उद्देश्यले सशस्त्र प्रहरी बलले हरेक वर्ष दसैँमा निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार