सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश कोसी प्रदेश

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ घण्टा अगाडि प्रकाशित
एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद
फाइल तस्बिर ।
सुनसरी, कात्तिक २ :

सुनसरी, २ कात्तिकः दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान कोशी राजमार्गमा एम्बुलेन्समा इटहरीबाट विराटनगरतर्फ गाँजा ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

इलाका प्रहरी कार्यालय दुहबी र सिआरभी दुहबी सुनसरीबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारमा ना ४ च ६०६३ नम्बरको एम्बुलेन्सजाँच तथा खानतलासी गर्दा एम्बुलेन्सबाट ५७४ किलो ८७० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीले थप अनुसन्धान भइरहेको छ भने एम्बुलेन्स छाडेर भागेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार