बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

सक्रिय न्युज · ५८ मिनेट अगाडि प्रकाशित
आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
काठमाडौं, कात्तिक ५ :

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईका भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने र देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार शुक्रबार कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ । देशका अन्य हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

यस्तै, शनिबार पनि कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । सो दिन देशका अन्य हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहनेछ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार