बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सक्रिय न्युज · १ घण्टा अगाडि प्रकाशित
accident-nepali
अर्घाखाँची, कात्तिक ५ :

अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ ।

भूमिकास्थान नगरपालिका २,भूमेकाथानमा  लु६४प ७४७१ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा भूमिकास्थान–८ का अन्दाजी ६२ बर्षीया देवीराम आचार्य र उहाँका अन्दाजी २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए । छोराको नाम खुलिसकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार