बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
प्रदेश कोसी प्रदेश

झापा र बाँकेमा आगलागी : एक वृद्धको मृत्यु, करोडौंको क्षति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
झापा र बाँकेमा आगलागी : एक वृद्धको मृत्यु, करोडौंको क्षति
बाँके, कात्तिक ५ :

झापा र बाँकेमा बिहीबार भएका छुट्टाछुट्टै आगलागीका घटनामा एक वृद्धको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका–२ स्थित रामचोकमा बिहीबार बिहान भएको आगलागीमा परी एक वृद्धको मृत्यु भएको हो। 

प्रहरीका अनुसार ग्यारेको क्यान्टिनमा काम गर्ने गौरीगञ्ज गाउँपालिका–२ का ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो।

बिर्तामोड नगरपालिका–४ का रवी राजवंशीले सञ्चालन गर्दै आएको उक्त ग्यारेजमा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ।

यसैगरी, बाँकेको जानकी गाउँपालिका–५ स्थित बकसपुरमा रहेको अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा रु. १ करोड ५६ लाख बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार बिहीबार बिहान करिब १ः३० बजे कम्पनीभित्र रहेको फर्नेस आयलको ट्याङ्कीमा विद्युत् सर्ट सर्किट हुँदा आगलागी भएको हो। उक्त तेल फलाम उद्योगमा प्रयोग हुने इन्जिन तथा उपकरणसँग सम्बन्धित काममा प्रयोग गरिन्छ।

दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान तथा क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार