सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए#भोटेकोशी बाढी#दसैँ आँसुमा #डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए#भोटेकोशी बाढी#दसैँ आँसुमा
समाचार खेलकुद फुटबल

भारतलाई हराउँदै बंगलादेश सेमिफाइनलमा प्रवेश

· बुधबार, ८ कात्तिक, २०८१ मा प्रकाशित
भारतलाई हराउँदै बंगलादेश सेमिफाइनलमा प्रवेश
काठमाण्डौं, कात्तिक ८ :

साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिप २०२४ मा भारतलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

बंगलादेश समूह ‘ए’को शीर्षस्थानमा रहदै सेमिफाइनल प्रवेश गरेको हो ।

दशरथ रंगशालामा आज भएको  समूह ए को खेलमा बंगलादेश भारतलाई ३-१ ले हराउँदै प्रतियोगिताको पहिलो जित दर्ता गर्न सफल भएको छ ।

यस जितसँगै बंगलादेश २ खेलमा ४ अंकका साथ समूह विजेता पनि बन्यो ।

भारत २ खेलमा ३ अंकका साथ उपविजेता बन्यो भने २ खेलमा १ अंक जोडेको पाकिस्तान भने समूह चरणबाट बाहिरिएको छ ।

प्रतियोगिता अन्तर्गत भोली समूह बी को अन्तिम खेल हुनेछन् ।

पहिलो खेल दिउँसो १:३० बजे भुटान र माल्दिभ्सबीच हुनेछ भने दोस्रो खेल साँझ ५:३० बजे नेपाल र श्रीलंकाबीच हुनेछ ।

नेपाल र भुटानको २-२ खेलमा समान ४-४ अंक छ ।

गोलअन्तरमा नेपाल अघि छ । श्रीलंकाको २ खेलमा ३ अंक तथा माल्दिभ्स अंकविहिन छ । यस समूहको विजेताले सेमिफाइनलमा भारतको सामना गर्नेछ । दोस्रो हुने टोलीले बंगलादेशसँग खेल्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार