आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद क्रिकेट

एनपीएल उद्घाटन खेलका सबै टिकट ‘सोल्ड आउट’, ८ हजार ४०० टिकट बिक्री

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २१ मिनेट अगाडि प्रकाशित
एनपीएल उद्घाटन खेलका सबै टिकट ‘सोल्ड आउट’, ८ हजार ४०० टिकट बिक्री
काठमाडौं, कात्तिक ८ :

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि खुला गरेको टिकट बिक्री छोटो समयमै ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो।

क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजमार्फत उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेको जनाएको छ। यस संस्करणमा प्रायोजकको संख्या बढेसँगै क्यानले उद्घाटन खेलका लागि कुल ८ हजार ४०० टिकट बिक्री गरेको क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिए। उनका अनुसार बिक्री भएका टिकटमध्ये ७ हजार साधारण प्याराफिटका र १ हजार ४०० प्रिमियम टिकट रहेका छन्।
प्रतियोगिताको लिग चरणका खेल हेर्न साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य १ हजार रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, एलिमिनेटर र फाइनल खेलका लागि साधारण टिकटको मूल्य १ हजार रुपैयाँ तथा प्रिमियम टिकटको मूल्य २ हजार रुपैयाँ तोकिएको छ।

एनपीएलकोतेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार