
ललितपुर, कात्तिक ९ :
ललितपुरको जावलाखेलमा आजबाट १७ औं पुष्प मेला शुरु भएको छ ।
पुष्प व्यवसायको व्यावसायिक विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले तिहार लक्षित प्रदर्शनी आयोजना गरेको फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ ।
तिहारलाई लक्षित गर्दै प्रत्येक वर्ष जावलाखेलमा गोदावरी फूलको प्रदर्शनी हुँदै आएको छ । कार्यक्रममा गोदावरी फूलका नयाँ प्रजातिका फूल र बिरुवाको प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ ।
सयपत्री, मखमली तथा अन्य सिजनल फूलका बिरुवा पनि प्रदर्शनीमा राखिएको एशोसिएसनले जनाएको छ ।
प्रदर्शनी चार दिनसम्म चल्ने छ ।