मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद क्रिकेट

एनपीएल : जनकपुरले टस जित्यो, विराटनगर ब्याटिङ गर्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
एनपीएल : जनकपुरले टस जित्यो, विराटनगर ब्याटिङ गर्दै
काठमाडौं, कात्तिक १७ :

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिलो फिल्डिङ रोजेको छ ।  

कीर्तिपुरस्थत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भरखरै भएको टसमा जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर पहिला फिल्डिङ रोजेका हुन ।

यससँगै विराटनगरले पहिला  ब्याटिङ गरिरहेको छ । प्रतियोगितामा दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएका छन् । तीन खेल नै खेलको जनकपुर बोल्ट्स दुई खेलमा जित तथा एक खेलमा हार ब्यहोरेको छ ।

चार अङ्क जोडेको जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा छ । जनकपुरले पछिल्लो खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको थियो ।

त्यसअघि काठमाडौँ गोर्खाजमाथि ८ विकेटको जित निकालेको थियो । त्यसैगरी आफनो पहिलो खेलमा भने जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको हो ।

समान तीन खेल खेलेको विराटनगरले एक खेलमा जित तथा दुई खेलमा हार ब्यहोरेको छ । विराटनगर अङ्क तालिकाको छैटौँ स्थानमा छ ।  

विराटनगरले  सुदूरपश्चिम रोयल्समाथि जित निकालेको थियो । त्यसअघि कर्णाली याक्ससँग ४ विकेट तथा चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार