काठमाडौं, कात्तिक १७ :
डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएकामध्ये दुई जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
फरार आठ कैदीमध्ये दुई जनालाई आज बिहान रुकुम पश्चिमबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् ।दुबैजना जबर्जस्ती करणीसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका व्यक्ति हुन् ।
भागेकाहरुको खोजतलास गर्ने क्रममा प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । दुवै जनालाई गोतामकोट प्रहरी चौकीमा राखिएको प्रहरीले जनाएको छ । कारागारबाट फरार भएका अन्यको पनि खोजी भइरहेको छ ।