काठमाण्डौँ , कात्तिक ९ :

भुटान साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई १३- ० ले गोलअन्तरले पराजित गर्दै भुटान सेमिफाइनलमा प्रवेश गरेको हो ।

भुटानको जितमा देकी लाजोमले पाँच, पेमा छोदेन र डेकी याङदोनले समान दुई तथा नामगेल देमा, देकी याङदोन, छिरिङ लादेन र सोनाम छोदेनले समान एक/ एक  गोल गरे ।

देकी लाजोमले  खेलको १५ औँ, १९ औँ, ४६ औँ, ५२ औँ र ७० औँ  मिनेटमा गोल गरिन् । यसैगरी पेमाले खेलको ७ औँ र १७ औँ, छिरिङ याङदेनले ६५ औँ र ८० औँ, सोनमले ५ औँ, नामगेलले ४१ औँ, देकी याङदेनले ४७ औँ तथा छिरिङ लादेनले ६८ औँ मिनेटमा गोल थेपे ।  

पहिलो खेलमा नेपालसँग गोलरहित बराबरीमा रोकिएको भुटानले लगातार जित निकाल्दै सात अङ्क जोड्दै अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । भुटानले श्रीलङ्कालाई ४- १ ले हराएको थियो । 

अन्तिम खेल खेल्न बाँकी रहेको नेपालसँग चार अङ्क छ । श्रीलङ्काको दुई खेलमा तीन अङ्क छ । नेपालले अहिले श्रीलङ्कासँग खेल्दै छ ।