सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद भलिबल

काभा महिला भलिबल लिगमा आज नेपालले इरानसँग खेल्दै

· आइतबार, २१ साउन, २०८१ मा प्रकाशित
काभा महिला भलिबल लिगमा आज नेपालले इरानसँग खेल्दै
काठमाडौँ, साउन २१ :

काभा महिला भलिबल लिगमा आज नेपालले इरानसँग खेल्दैछ । त्यसअघि आजै दिउँसो तीन बजे श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् ।

नेपाल र इरानको खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बेलुका सवा ५ बजे शुरु हुनेछ । 

आजको खेलमा नेपालले इरानलाई पराजित गरेमा भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । नेपाल दुई खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो । सात अङ्कसहित शीर्ष स्थानमा रहेको भारतले यसअघि इरान र माल्दिभ्सलाई हराएको थियो । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार